सातै प्रदेशका प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपालले पनि भाग पाउने

काठमाण्डौ । सरकारले सातै प्रदेशको प्रदेश प्रमुख हटाउने तयारी गरेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बिदा गर्न लागेको हो । पहिलो चरणमा लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रमुखलाई हटाउने तयारी गरिएको बताइएको छ ।

गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । आजै माधव नेपालसँग प्रचण्डले भेट गरेका छन् । नेपालले नाम तत्कालै दिन एमाले एकता वा विभाजनको प्रक्रिया टुंगो नलागेकाले समस्या भएपछि तत्काल सबै प्रदेशका प्रमुख नहटाइ केहीलाई पदमुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् । प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।०००

प्रदेश समाचार मुख्य समाचार राजनीति