‘सिन्धुलीगढी युद्ध संग्रहालय’को राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्नु भएको छ । 

ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएर थियो । नेपाली सेनाले निर्माण गरेको संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ । कुल ६ हजार २८१ स्क्वायर फुटको उक्त संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु राखिएको छ ।

६ कोठे संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने सिन्धुलीगढीका अन्वेषणकर्ता सागर ढकालले जानकारी दिनुभयो । संग्रहालयभित्र वृतचित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशनगर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशन लगायतका सामाग्री संग्रहित गरी राखिएको छ ।

प्रदेश समाचार मुख्य समाचार समाचार