अर्थमन्त्री-कोरियाली राजदूत भेट : रोकिएको कामदारलाई लाने प्रतिबद्धता

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकबीच भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा पास गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नु भएको छ । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन राजदुत पार्कलाई आग्रह गर्नुभएको हो ।

जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।०००

मुख्य समाचार