मेलम्चीमा फेरि बाढी, गाउँ र पुल जोखिममा

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची नदिमा शनिबार राती बाढी आएको हो । बाढीले गाउँ र पुल समते जोखिममा परेका छन् ।

सो क्षेत्रमा असार १ गते पनि बाढी आएको थियो । असारमा आएको बाढीले धेरै क्षति गरेको थियो । भने मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुगेको थियो ।

हिजो राति आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा पुर्याएको हो । बाढीको समयमा पुल माथिबाट पानी बगेको थियो ।

असारमा गएको बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो

प्रदेश समाचार मुख्य समाचार समाज