विनोद चौधरी भन्छन्: सबै परीक्षा रोकौ, स्वास्थ्य नै सबैभन्दा ठूलो हो

काठमाडौं । उद्योगपति विनोद चौधरीले नेपाल र छिमेकी देशहरुका समेत कोरोना संक्रमण दर वृद्धि भइरहेको भन्दै हाल सञ्चालन भइरहेको परीक्षाको विषयमा तत्कालै पुनर्विचार गर्नु पर्ने बताएका छन् ।

उनले फेसबुकमा स्टाटस्मा अहिले नेपाल लगायत छिमेकी मुलुकहरुमा नै कोरोना महामारीको जोखिम बढिरहकाले सञ्चालन भइरहेका परीक्षा सञ्चालन गर्ने निर्णय तत्काल पुनर्विचार गनुपर्ने बताएका छन् । चौधरीले फेसबुकमा स्टाटस्मा आफ्ना सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन भनेका छन् । चौधरीले, ‘नेपाललगायत छिमेकी मुलुकहरूमा कोरोना महामारीको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान र सचेत हुनु आवश्यक छ ।

यस्तो बेला अनावश्यक जोखिम लिनु बुद्धिमानी हुँदैन । जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन् नै । त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, यसमा कत्ति अबेर नगरौं । आफ्ना सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।’ उनले स्टाटस लेखेका छन् ।

मुख्य समाचार शिक्षा