लेखा अधिकृत पोखरेली कान्छाको हाफ जिन्दगी सार्वजनिक

काठमाण्डौं । नेपाल सरकारका लेखा अधिकृत दिनेश लम्सालको पहिचान अब फेरिएको छ ।

यस अघि फुटकर लेख रचना लेख्दै आएका उनको संष्मरणात्मक कृति हाफ जिन्दगी आज एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले विमोचन गरेका छन् ।
व्यग्यका क्षेत्रमा पोखरेली कान्छाको उपनामबाट कलम चलाउँदै आएका लम्सालले आफ्ना बाल्यकाल,किशोरवय,युवा अबस्थाका भोगाईलाई हाफ जिन्दगीमा उतारेका छन् ।

कार्यक्रममा कृतिमाथि प्रकाश पार्दै समालोचक डा हरि सिलवालले लेखकले कृतिमा आफ्नै जिन्दगीमाथि व्यंग्य गरेका,यस्तो सत्य कुरा लेख्ने दुस्साहस जो कोहीले गर्न नसक्ने बताउनुभयो ।
बाल्यकालीन जिन्दगी रोइरहेको,आर्तनाद गरिरहेको र कष्टमय रहेको,शैक्षिक जीवनका हण्डर र ठक्करहरु पठनीय र स्मरणीय रहेको बताउनुभयो ।

नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले लकडाउनको समयमा धेरै कर्मचारीले तास खेलेर बिताए भन्ने आरोपलाई पोखरेली कान्छाले दह्रो झापड हानेको टिप्पणी गरे ।

मनोरञ्जन रोचक साहित्य