नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरण सार्वजनिक गर्दै सो बैंकले उक्त नाफा वृद्धि गरेको हो ।

यो आर्थिक वर्षमा बैंकले कुल २ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २४ करोड मात्रै नाफा कमाएको थियो ।

बैंकले निक्षेपमा २१ अर्ब र कर्जामा ९ अर्ब विस्तार गरेको छ । तर, बजारको ब्याजदर घट्दा बैंकको खुद ब्याज आम्दानी घटेको छ । बैंकले कामएको नाफाबाट १ अर्ब ४७ करोड रुपैयाँ शेयरधनीलाई बाँड्न पुग्छ । यो रकमबाट करिब १६ प्रतिशत लाभांश दिने क्षमता बैंकले राख्छ ।

अर्थ मुख्य समाचार समाचार समाज