मकवानपुरगढी ३ मा रहेको सुशासन टोलविकासमा नयाँ नेतृत्व चयन

मक्रान्चुली- मकवानपुरगढी गाउँपालीका ३ मक्रान्चुलीमा रहेको शुसासन टोल बिकास समितिको अध्यक्षमा रेबती प्रसाद चौलागाईँ (प्रल्हाद) सर्बसम्मत चयन हुनु भएको छ । टोल विकासको आज भएको भेलाले चौलागाईँलाई अध्यक्षमा चयन गरेको हो । टोल बिकासको अध्यक्ष चयन भए पछि चौलागाईँले आफु टोलबासीको हितमा प्रतिबद्ध भएर लाग्ने साथै बिकास निर्माणको काममा सम्बन्धित निकायलाई जबाफदेहि बनाउन आफ्नो भुमिका महत्वपूर्ण रहने बताउनु भयो ।

टोल विकास समितको सचिवमा अनिता घलान, कोषाध्यक्षमा सरस्वती लामा ,सदस्यहरुमा रोमनाथ चौलागाई, कुमार रुम्बा ,मुकेस चौलागाई, बलराम भट्टराई, सुरेश घलान लामा र आईतीलक्ष्मी लामा चयन हुनु भएको छ ।

समाचार समाज स्वास्थ्य