एनआईसी एशिया बैंकको नाफा ३ अर्ब २५ करोड, अरु सुचक कस्तो ?

काठमाडौं । एनआईसी एशिया बैंकले नाफा वृद्धि गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ ।

यो नाफा गत आर्थिक वर्षको भन्दा करिव ५ प्रतिशत बढी हो । बैंकले वार्षिक प्रतिशेयर आम्दानी २८.११ पुर्याएको छ । त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको उक्त बैंकको दावी छ ।

आ.व. २०७७÷७८ मा यस बैंकले कर्जातर्फ करिब ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम २६५ अर्ब पु¥याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो ।

बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो ।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ ।

अर्थ मुख्य समाचार समाज