कुमारी बैंकको नाफा ७२.७३ प्रतिशत बढ्यो, अरु सुचक कस्तो ?

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफा ७२.७३ प्रतिशत बढेको छ । बैंकको खुद नाफामा उल्लेखिय सुधार भएको छ ।

बैंकले २ अर्ब ११ लाख ४५ हजार रुपियाँ नाफा कमाएको छ । बैंकको खुदनाफा अधिल्लो वर्षको सोही अवधिको भन्दा ७२.७४ प्रतिशत धेरै हो । बैंकले अघिल्लो आार्थिक वर्षको यसै अवधिसम्म एक अर्ब १५ करोड ८५ लाख पाँच हजार रुपियाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेर पाँच अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपियाँ पुगेको छ ।

बैंकको यस्तो आम्दानी अघिल्लो वर्षको साही अवधिमा तीन अर्ब ५७ करोड ३१ लाख ९८ हजार रुपियाँ थियो । यस अवधिसम्म आउदा बैंकको सञ्चालन नाफामा पनि उल्लेखिय सुधार आएको छ ।

बैंकको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.१६ प्रतिशतले बढको हो । अघिल्लो आार्थिक वर्षको यसै अवधिसम्म बैंकको यस्तो नाफा एक अर्ब ६८ करोड ६० लाख ७९ हजार रुपियाँ थियो ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपियाँ छ भने जगेडा कोषमा ३ अर्ब ८८ करोड ९२ लाख ३४ हजार रुपियाँ छ । असार मसान्तसम्म आउदा बैंकले एक खर्ब ४८ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपियाँ निक्षेप संकलन गरेर एक खर्ब ३७ अर्ब ९९ करोड ८५ लाख ७२ हजार रुपियाँ कर्जा लगानी गरेको छ ।

अर्थ मुख्य समाचार समाचार समाज