मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण प्रधानमन्त्री देउवा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

आज ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिदै उहाँले युवाको विचारलेनै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताउनुभयो । समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न समेत उहाँले सम्पुर्ण युवाहरुलाई आग्रह आह्वान गर्नुभयो ।

सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाई थियो । विश्वमा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो ।००००

प्रदेश समाचार मुख्य समाचार समाचार