मकवानपुरगढी २ मा बुधबारबाट राष्ट्रिय परिचयपत्र बनाउन शुरु गरिंदै

तस्वीर : बखानसिं पाख्रीन

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा भोली भदौ २ गते बुधबारबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य सुरु हुन लागेको छ । भिडभाड नहोस् तथा वडाबासीहरुलाई सहज होस् भन्ने उदेश्यले टोल-टोल लाई दिन नै तोकि प्रविष्टी कार्यको थालनी गर्न लागिएको वडा नं २ का वडाध्यक्ष बखानसिं पाख्रीनले बताउनुभयो ।

जसअनुसार भोली २ र ३ गते ढुङ्गेगढीकाले आवश्यक विवरण सहित नाम प्रविष्टि गराउने वडा अध्यक्ष प्राखिनले बताए । त्यस्तै ४ गते तितुङडाँडा टोल , ५ र ६ गते बंशगोपाल टोल , ७ गते मञ्जुश्री टोल , ८ गते धरमपानी , ९ र १० गते माथिल्लो छाप टोलकाको परिचयपत्रका लागि विवरण प्रविष्टी गर्ने कार्य हुनेछ ।

त्यस्तै, ११ गते तल्लो छाप टोल , १२ र १३ गते बाँध बाँसपानी टोल , १४ गते कुर्ले टोल , १५ गते कुर्ले पाखा गैरी भञ्ज्याङ टोल , १६ गते लामीडाँडा टोल , १७ र१८ गते शिखरकटेरी टोल र १९ गते भालुन्टार टोलबासीले आफ्नो विवरण प्रविष्टी गराउन सक्नेछन् ।

तोकिएको विभिन्न मितिमा टोलबासीहरुले आफ्नो पालो परेको दिनमा नाम समावेश गर्न अनुरोध गरिएको वडा अध्यक्ष पाख्रीनले बताउनुभयो । नाम समावेश गर्न आउँदा सक्कल नागरिकता, विवाहित महिलाको हकमा सक्कल विवाह दर्ताको प्रमाण र बसाईसराई आएको हकमा सक्कल बसाइसराइको दर्ता ल्याउनुपर्ने पाख्रीनले बताउनु भएको छ ।

विज्ञान प्रविधि स्थानीय