मकवानपुरगढी वडा नं ३ र ६ जोड्ने बेलीबृज निर्माण अन्तिम चरणमा, अब सररर मोटर वारपार

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ र ६ जोड्ने सामरी खोलामा निर्माणाधीन फलामे पुल ( बेलीबृज ) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको गौरवको योजनामा रहेको यो पुल गाउँपालिका र संघीय सरकारको लगानी साझेदारीमा निर्माण भएको हो । यो पुलको लम्बाई करिब ८० मिटरको रहेको छ ।

२ स्पानमा निर्माण गरिएको यो पुलमा नेपाली सेनाको प्राविधिक टोलीले फलाम जोड्ने काम गरिरहेको र अबको ४-५ दिनमा निर्माण कार्य समाप्त हुने स्थानीय पुष्कर तिमल्सिनाले बताए । पुलको निर्माण पश्चात् मोटरबाट सहजै मालसामान तथा मानिस वारपार गर्न सकिनेछ । पुल नहुँदा वर्षेनि खोलाले बगाई स्थानीयको ज्यान गइरहेको थियो । तस्वीरहरु: पुष्कर तिमल्सिना

प्रदेश समाचार विज्ञान प्रविधि समाज