नेपाली काङ्ग्रेस प्रवेश गरेको भनिएका सापकोटा एमालेमै (बिज्ञप्ती सहित)

हेटौडा / नेकपा एमाले मकवानपुरगढि गाउपालिका कमिटि सदस्य तथा ६ न वडा संयोजक देवराज सापकोटा नेकपा एमालेमा फर्किएका छन्। संयोजक सापकोटाले मंगलबार विज्ञप्ति जारी गरी आफु एमालेमा रहेको जानकारी दिएका छन्।


सापकोटाले गत असार १८ गते आफु नेपाली काङ्ग्रेस प्रबेश गरेको भनि सामाजिक संजाल र संचार माध्यमहरुमा आफ्नो नाम जोडेर सामाचार प्रकाशन भएकोमा आपत्ति जनाउदै ध्यानाकर्षण भएको जनाएका छन्।
सापकोटाले केहि समय अगाडी नेकपा एमालेबाट बिचलन आइ नेपाली काङ्ग्रेस प्रबेश गरेको भन्ने समाचार भ्रामक र कपोकल्पित भएकोले त्यसको खण्डन गरेका छन्।

“म नेकपा एमाले मकवानपुरगढि गाउपालिका कमिटि सदस्य तथा ६ न वडा संयोजक पदमा रही नेकपा एमालेको बफादार निडर र प्रतिबद्द कार्यकर्ता हु, साथै म जन्म सिद्द कम्युनिष्ट पार्टीमा रहेको र पटक पटक प्रजातन्त्र तथा लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएको कम्युनिष्ट आन्दोलनमा सक्रिय सहभागी भै सुखी नेपाली समृद्द नेपाल बनाउन अग्रसर पार्टीको एक योद्दा हु ” सापकोटाद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

मुख्य समाचार राजनीति समाचार स्थानीय