२७ वटा बैंक मध्ये कुनको नाफा कति ? लाभांसा क्षमता ?

काठमाडौं । आर्थिक वर्ष २०७७\७८ को बैंकले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । २७ वटा बैंकहरुले आफ्नो विवरण सार्वजनिक गरेका हुन् ।
२७ वटा बैंकले औसतमा १४.८१ प्रतिशत लाभांश गत वर्षको नाफाबाट दिन सक्ने क्षमता राख्छन् ।

एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकले १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ हो ।

प्राइम बैंक

प्राइम बैंकले गत आवमा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ हो ।

राष्ट्रिय वाणिज्य

राष्ट्रिय वाणिज्यले गत आवमा बैंकले ४ अर्ब ५२ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पुँजी ९ अर्ब १८ करोड ४८ लाख रुपैयाँको आधारमा बैंकले सेयर धनीलाई ४९.२४ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

नबिल बैंक

नबिल बैंकले गत आवमा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ हो ।

नेपाल बैंक

नेपाल बैंकले गत आवमा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २७.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत आवमा बैंकले २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ हो ।

हिमालयन बैंक

हिमालयन बैंकले गत आवमा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ हो ।

सानिमा बैंक

सानिमा बैंकले १ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ हो ।

बैंक अफ काठमाडू्

बैंक अफ काठमाडू्ले गत आवमा १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ हो ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले गत आवमा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ हो ।

एनएमबि बैंक

एनएमबि बैंकले गत आवमा २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवमा १ अर्ब १७ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ हो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले गत आवमा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ हो ।

प्रभु बैंक

प्रभु बैंकले गत आवमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ हो ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले गत आवमा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ हो ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले गत आवमा १ अर्ब १३ करोड २७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ हो । ।

कुमारी बैंक

कुमारी बैंकले गत आवमा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ हो ।

एनसीसी बैंक

एनसीसी बैंकले गत आवमा ७१ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ हो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत आवमा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ हो ।

कृषि विकास बैंक

कृषि विकास बैंकले गत आवमा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ हो ।

मेगा बैंक

मेगा बैंकले गत आवमा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ हो ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले गत आवमा १ अर्ब ३६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ हो ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ हो ।

सनराइज बैंक

सनराइज बैंकले गत आवमा ६० करोड १५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ हो ।

सिभिल बैंक

सिभिल बैंकले गत आवमा ४९ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ हो ।

नेपाल एसबीआई बैंकः

नेपाल एसबीआई बैंकले गत आवमा ३३ करोड ९२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ हो ।

अर्थ मुख्य समाचार समाचार समाज