बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । 

बुधवार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । 

नवनियुक्त मुख्यमन्त्री शाक्यले आजै साँझ ९ बजे शपथ लिने तयारी भएको बताइएको छ । 

बुधबारको संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो।

बागमती प्रदेशमा एमालेका बहुमत सांसद भएकाले त्यसैलाई देखाएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। प्रदेश ससभामा कूल १०९ जना सदस्यमध्ये एमालेका ५५ जना छन्।

शाक्य एमालेको माधवकुमार नेपाल निकट हुनुहुन्थ्यो । 

मुख्य समाचार राजनीति