अपार्टमेन्ट भाडामा लिई यौन व्यवसाय संचालन गर्ने ७ जना पक्राउ,एकजना हेटौडाका

ललितपुर- अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा घर भएका ५० वर्षीय राजेश अग्रवाल, कुमारीगाल बस्ने रुकुम घर भएकी २३ वर्षीया ललिता विक, बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, नारायणस्थान बस्ने बर्दिया घर भएका २९ वर्षीय सुनिल बिष्ट, काँडाघारी बस्ने सिन्धुपाल्चोक बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र ललितपुर सुन्धारा बस्ने मकवानपुर सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, र काभ्रे घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।

ललितपुर महानगरपालिका -३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी उनीहरु उपर आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । नेपाल प्रेसमा समाचार छ ।

 

रेडियो कार्यक्रमहरु समाचार