अनेरास्ववियु मकवानपुरद्वारा सरकार विरुद्ध प्रदर्शन तथा भण्डाफोर

हेटौंडा – अनेरास्ववियु केन्द्रिय कार्यालयको सर्कुलर अनुसार आज बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य स्थान बुद्ध चोकमा अनेरास्ववियु मकवानपुरले भण्डाफोर कार्यक्रम आयोजना गरेको छ ।

विद्यार्थीहरुले शेरबहादुर देउवा सरकारको राजिनामा समेत माग गरेका छन् । सरकारले जारी गरेको दल विभाजन सम्वन्धि अध्यादेशले लोकतन्त्र धरापमा परेको भन्दै आफुहरुले सो अध्यादेश फिर्ताको लागि प्रर्दशन गरेको अनेरास्ववियुका मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताए ।

कार्यक्रममा अनेरास्ववियु जिन्दावाद, अध्यादेश फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे, नालायक सरकार मुर्दाबाद, अध्यादेश चाहिदैन पार्टी फुटाउन पाइदैन लगायतको नारा लगाउदै प्रधानमन्त्री शेर बहादुर देउवा र माधव कुमार नेपालको फोटो सहित अध्यादेश जलाएका छन ।

अनेरास्ववियु मकवानपुर संयोजक बिशाल पौडेलको सभाध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । अनेरास्ववियु मकवानपुर कार्यालय टिम सदस्य पुष्कर तिमल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य अशिश अस्लामी, नितेश लामिछाने, नभिन मिश्र, खेलकुद महासंघका केन्द्रिय सह-महासचिव धर्म लामा, राष्ट्रिय युवा संघ नेपाल मकवानपुर संयोजक लक्ष्मण उप्रेती, जिल्ला सदस्य चन्द्र शाही, जिल्ला सदस्य सानू लामा, मदन भन्डारी स्पोर्ट्स एकेडेमी सचिव सुरेश बेरोजगार, कोषाध्यक्ष मनोज चौलागाई लगायतको उपस्तिथि रहेको थियो ।

मुख्य समाचार राजनीति