मकवानपुरमा निषेधाज्ञाः हेटौंडा बजार बेलुकी ६ बजेसम्म खोल्न पाइने

मकवानपुर । मकवानपुर जिल्ला प्रशासनले हेटौंडा उपमहानगरपालिका लगायत १० वटै स्थानीय तहका सबैजसो पसल व्यवायहरुहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजे खोल्न दिने निर्णय गरेको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले सबै खालका पसलहरु बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसअघि खाद्यान्न १० बजेसम्म र गैरखाद्यान्न व्यवसाय ५ बजेसम्म संचालनमा थिए । यातायात पनि पूर्ण रूपमा संचालनमा आइरहेको थियो । यसअघि देखनै जारी निषेधाज्ञालाई भदौ २० गतेसम्म लम्ब्याउँदै जिल्ला सफ्ट लकडाउन गरेको सूचनामा उल्लेख छ ।

निषेधाज्ञामा कुनैपनि भीड गर्न नदिने भनेपनि राजनीतिक दलहरुका धेरै कार्यक्रम एक महिना अघिदेखि सञ्चालन भइरहेका छन् । त्यसमा सयौको सख्यामा भीड हुने गरेको छ । हेटौंडा बजारका पसलहरुमा पनि त्यतीकै भीड छ । त्यसलाई स्थानीय प्रशासनले नियन्त्रण गर्न सकेको छैन । हेटौंडाका ठुला होटल, पाटी प्यालेस, प्रशासनले बन्द भनेपनि खुल्मखुल्ला रुपमा सञ्चालन भइरहेका छन् । सवारीका साधनमा त्यतीकै भीड हुने गरेको छ ।

जिल्लामा निषेधाज्ञा लगाइएको चार महिना पुगिसकेको छ । निषेधाज्ञाका क्रममा स्थानीय प्रशासनले शैक्षिक संस्था मात्र बन्द गर्न सकेको छ । निषेधामा अरु कुनैपनि खालका भीड नियन्त्रण गर्ने भनेपनि त्यसलाई नियन्त्रण गर्न सकिएको छैन ।

प्रदेश समाचार मुख्य समाचार राजनीति स्थानीय स्वास्थ्य