प्रधानन्यायाधीश राणालाई समेत विपक्षी बनाइको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई समेत विपक्षी बनाइ निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसैको आधारमा नियुक्त पदाधिकारीविरुद्ध परेको रिटको पेशी चढेको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा अध्यादेशबारेको रिट पेसीमा चढेको हो।

संवैधानिक परिषद् अध्यादेशसम्बन्धी सर्बोच्चमा नौ थान मुद्दा दायर भएको थियो।

मुख्य समाचार राजनीति समाचार