मलाई मुख्यमन्त्री पद भन्दा एमाले पार्टी प्यारो छ : मुख्यमन्त्री शाक्य

 

हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफुलाइ मुख्यमन्त्री पद भन्दा एमाले पार्टी प्यारो भएको बताउनुभएको छ ।

हेटौँडामा प्रतिक्रिया दिँदै उहाले आफु माधव नेपालको नवगठित समाजवादी पार्टीमा नजाने स्पष्ट पर्नुभयो ।
मुख्यमन्त्री शाक्यले आफु नेकपा एमाले बाहेकको अन्य पार्टीमा जानेबारे कल्पना पनि गर्न नसक्ने भन्दै मुख्यमन्त्री पद गएपनि एमाले नछाड्ने बताउनुभयो ।

उहाँले आफुले जीवनभर दुख गरेको पार्टीबाट आफु अलग हुन नसक्ने बताउनुभयो ।पद भनेको राजनीतिक जीवनको अस्थाई तत्व रहेको भन्दै मुख्यमन्त्री शाक्यले आफु पदको लागि एमालेमा रहेको भन्ने भ्रम छर्नेहरुले यस्ता भ्रमबाट मुक्त हुन समेत आग्रह गर्नुभयो ।

“म आफुले लामो समयसम्म संघर्ष गरेर आएको नेकपा एमाले पार्टीमै रहनेछु। सत्ताको लोभ छैन, म कहिले पनि पार्टी फुटको पक्षमा छैन। नयाँ पार्टीमा म जान सक्दिन। मुख्यमन्त्री पद भन्दा एमाले प्यारो छ ” शाक्यले भन्नुभयो ।

“सत्तामा टिक्नकै लागि हो भने त मलाई वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलजीले पहिल्यै मुख्यमन्त्रीको प्रस्ताव गर्नुभयो थियो। अहिले पनि म नेकपा एमाले एकतावद्ध बनाउन कै लागि यस्तो परिस्थितिमा मुख्यमन्त्री बनेको हुँ, उहाँले भन्नुभयो ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार स्थानीय