देशभर कहिलेसम्म पर्छ झरी ?

काठमाडौं । काठमाडौं उपत्यका लगायतका देशैभर केही दिनयता निरन्तर पानी परिरहेको छ । निरन्तर परेको झरीले केही सडक बन्द भएका छन्, भने तराईका विभिन्न भागमा डुबान परेका छन् । पहाडमा पहिरोको जोखिम बढेको छ ।

काठमाडौं उपत्यकामा आइतबारबाट सुरु भएको झरी अलिहे पनि रोकिएको छैन । बागमती प्रदेश, प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लामा पानी परेको छ । कर्णाली, सुदूरपश्चिम र प्रदेश–१ का केही स्थानमा मात्रै पानी परिरहेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको मौसमविद् बताउछन् ।

मौसदविद् महाशाखाकी प्रतिभा मानन्धरले सोमबार साँझसम्म पानी क्रम जारी बताइन् ।

२०७८ भाद्र १३ गते

दिउँसो देशको अधिकांस भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी सम्भावना रहेको छ।

२०७८ भाद्र १४ गते

दिउँसो देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी÷धेरै भारी सम्भावना रहेको छ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्वास्थ्य