बागमतीमा भदौ २० देखि लाइसेन्सका लागि ट्रायल दिन पाइने

 

हेटौंडा / बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।

कार्यालयले गत वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षाबारे आज सूचना निकालेर आगामी भदौ २० गते आइतबारदेखि परिक्षा सञ्चालन गर्न लागेको हो।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल)मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन अनुरोध गरेको छ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज