मकवानपुरगढीमा भाद्र १७ गते भेरोसेलको पहिलो मात्रा २ हजार डोज खोप लगाइने

मक्रान्चुली- मकवानपुरगढीका ८ वटै वडाबाट आउँदो भाद्र १७ गते कोभिड बिरुद्दको खोप भेरोसेलको पहिलो मात्रा खोप लगाउन लागिएको छ । विभिन्न उमेर समुहका यस अघि खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

गाउँपालिकाको ८ वटै वडाका स्वास्थ्य संस्थाहरुबाट सो दिन २ हजार डोज खोप लगाउन लागिएको लामिछानेले बताउनु भएको छ । गाउँपालिकामा एकैदिन यो अहिलेसम्मकै धेरै डोज खोप लगाउन लागिएको हो । खोप लगाउन आउँदा उमेर खुल्ने परिचयपत्र (नागरिकता) साथमा ल्याउनुपर्नेछ । खोप कार्यक्रम बिहान १० बजे देखि ४ बजेसम्म संचालन हुने लामिछानेले बताउनुभयो । पालिकाले आज एक सुचना जारी गर्दै सो जानकारी गराएको छ ।

स्थानीय स्वास्थ्य