मकवानपुरगढीमा हाल कोभिड सक्रिय संक्रमित ९ जना, विगत पाँच दिन देखि थपिएका छैनन् संक्रमित

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा कोभिड संक्रमितको संख्या हाल ९ जना मात्र रहेको छ । उनिहरु मध्ये हाल कोभिड आइसोलेसन सेन्टर मक्रान्चुलीमा २ जना र बाँकी ७ जना होम आइसोलेसनमा नै रहेको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

कोभिड १९ को दोस्रो लहरबाट गाउँपालिका भरिमा ३५८ जना संक्रमित भएकामा ३४४ जना संक्रमण मुक्त भएका छन् भने ५ जनाको संक्रमण कै कारण ज्यान गएको छ । हाल ९ जना सक्रिय संक्रमित छन् ।

केही दिन अघिसम्म दैनिक संक्रमित थप भइरहेकोमा विगत ५ दिन देखि संक्रमितको संख्या थप नभएको र सक्रिय संक्रमित पनि घटिरहेको स्वास्थ्य प्रमुख लामिछाने बताउनु हुन्छ । तर संक्रमण हुन सक्ने अवस्था कायमै रहेकोले सुरक्षित रहन सबैसँग लामिछानेले अनुरोध गर्नुभएको छ ।

स्थानीय स्वास्थ्य