बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौं । बागमी प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले मन्त्री बनेको १५ दिन नपुग्दै राजीनामा दिएका छन् । बागमती प्रदेशमा डोरमणि पौडेलले मुख्यमन्त्री छाडेर अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री कृष्ण खनाल मन्त्री बनेका थिए ।

ऐमालेबाट निर्वाचित खनालले हिजो प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका थिए । बागमती प्रदेशबाट १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको हो ।

चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए ।

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको बागमती सरकारमा एमालेका ४४ जना, एकिकृत समाजवादीका १२ जना, माओवादीका २३, कांग्रेसका २२ र अन्य दलका ८ जना सांसदहरु छन् । एमाले फुट नभएको भए ५६ जनाको एकल बहुमत पुग्ने थियो ।

मुख्य समाचार राजनीति