प्रदेश १ का १० एमाले सांसद एकिकृत समाजवादीमा, निर्वाचन आयोजमा आजै सनाखत गर्ने (सुची सहित )

काठमाडौं / नेकपा एमालेबाट निर्वाचित प्रदेश नम्बर १ का १० सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीलाई साथ दिने भएका छन् ।


नेकपा एमाले छाड्ने १० जना प्रदेशसभा सदस्यहरु नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न आजै निर्वाचन आयोगको कार्यालय विराटनगर जाने बताइएको छ।


प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसद रहेका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् ।

नेकपा एमाले छाड्ने प्रदेशसभा सदस्यहरु

१. राजेन्द्र राई
२. राजन राई
३. पदमकुमारी गुरुङ
४. सरिता थापा
५. सुनिता चौधरी
६. उपेन्द्र घिमिरे
७. कृष्णकुमारी राई
८. गणेश काङवाङ
९. खिनु लङ्वा लिम्बु
१०. सावित्री रेग्मी

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार