बैंकमा सम्पति धितो राखेर ऋण लिने बिचार गर्नु भएको छ ? खाइदेला है फेरी !

काठमाडौं । बेला बेलामा बैंकले गरेको बदमासी बाहिर आउने गरेको छ । बैंकले ऋण लिएकाहरुको सम्पती आएको हामी सबैले सुनेका नै छौं । तर बैंकले धितो राखेको सुन नै गायब बनाएको छ ।

बैंकबाट लिएको लोन नतिरेमा कानूनी प्रक्रिया मिलाएर धितो लिलाम गर्ने सक्ने व्यवस्था रहेको छ । तर आजभोलि बैंकले धितो राखेको धितोको पैसा तिरिसकेपछि धितो नक्कली भन्ने वा गाएब नै बनाउन थालेका छन् ।

सर्वसाधारणले केहि गर्न भनेर बैंकबाट लोन लिएर काम गर्ने प्रयास गरेका हुन्छन । तर लोन लिएको बैंकले नै सर्वसाधारणहरुलाई दुःख दिन थालेको छ । पछिल्लो समय बैंकले सर्वसाधारणलाई ज्यादती गरेको भनेर नेपाल राष्ट्रमा धेरै उजुरी परेको छ ।

ललितपुरको कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकले एक सेवाग्राहीको सुन गायब पारेको छ । ललितपुरको चाकुपाट बस्ने विष्णु महर्जनले राखेको सुन गायब पारेको भन्दै उजुरी दिएकी छिन् ।

महर्जनले सुनका ३५ थान २४८ ग्राम गरगहना धितो राखी सो बैंकबाट पटक÷पटक गरी २०७१ सालदेखि १४ लाख ऋण लिएकी उनले बताइन् ।

गत भदौ ९ गते बाँकी रहेको ऋण ८ लाख ५४ हजारको सावा र व्याज भुक्तानी गरी बैकसँग सुन फिर्ता माग गर्दा नदिएको महर्जनले बैंकलाई आरोप लगाइन् ।

महालक्ष्मी विकास बैंकको सुन घोटाला सम्बन्धमा बैंकका प्रतिनिधि र पिडित दुवै महानगरीय प्रहरी परिसर ललितपुरका आएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् । छलफलका लागि बैकका सिइओ बोधराज देवकोटा र बैंक प्रबन्धक सुनिल कुमार नेपाल प्रहरी कार्यालयमा आएको प्रहरीले बतायो ।

यसअघि पनि सो बैंककै कर्मचारीको मिलेमतोमा ७ करोड ४८ लाख रूपैयाँ घोटाला गरेको भन्दै प्रहरीले उच्च अदालत पाटनमा बैकिङ कसुरमा २५ जना विरुद्ध मुद्धा दायर गरेको थियो ।

कर्जा दिने बेलामा १७ किलो सुनको मूल्यांकन गरेर कर्जा दिइएको थियो । तर कर्जा नतिरेपछि सुन लिलामी गर्न खोज्दा धितोमा राखिएको सुन १७ किलो हुनुपर्नेमा ५ किलो मात्रै भेटिएको थियो ।

अर्थ मुख्य समाचार शिक्षा समाचार समाज