कर्णालीका ३ सांसद एकीकृत समाजवादीतिर, एमाले पहिलो दल कायमै

काठमाडौं- कर्णाली प्रदेश सभाका तीनजना सांसदले नेकपा (एमाले) छोडेर नयाँ पार्टी एकीकृत समाजवादी रोजेका छन्।

माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीको पक्षमा मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गर्ने  नेता प्रकाश ज्वालाले बताए।

अन्य एक जना सांसद थप हुने उनले बताए। कर्णाली प्रदेश सभामा एमालेका २० सांसद थिए। प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा यसअघि नै कारबाहीमा परेर पद रिक्त रहेको छ।

उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई फ्लोर क्रस गरेर भोट दिएपछि कारबाहीमा परेका थिए। त्यस्तै, माओवादीवाट एमाले प्रवेश गरेका धर्मराज रेग्मीको पद पनि रिक्त रहेको छ।

एमालेबाट निर्वाचित सभामुखसहित १६ सांसदमध्ये ३ जनाले नेकपा एस रोजेपछि अब एमालेमा सभामुखसहित १३ सांसद भएका छन्। कर्णाली प्रदेशसभा अब एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका एक सांसद रहेका छन्।

facebook sharing button
twitter sharing button
sharethis sharing button
प्रदेश समाचार मुख्य समाचार राजनीति