नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल, उपाध्यक्षमा लामा र सचिवमा दाहाल

हेटौँडा / नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकिकृत समाजवादी) को जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् ।

आज भएको मकवानपुर जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटि निर्माण भएको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुुनु सिग्देलले घोषणा गरिन् ।

कमिटिको जिल्ला उपाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मिना लामा, सचिवमा विष्णु दाहाल तथा कार्यालय सचिबमा तिलक अधिकारी चयन भएका छन्।

मुख्य समाचार राजनीति समाचार स्थानीय