नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखा प्रमुखमा बलामी,बिमा अभिकर्तासँग भेटघाट

हेटौंडा- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखा प्रमुखमा शर्मिला बलामी आउनु भएको छ । बलामी यस अघि रिलायन्स लाइफ इन्स्योरेन्समा रहनुभएको थियो ।

यस अघि शाखा प्रमुख रहनु भएका मुक्तिनाथ अधिकारीको बारा जिल्ला सिमरा शाखामा सरुवा भएकोले हेटौंडा शाखा प्रमुखमा बलामी आउनु भएको हो ।

यसैबीच आज बलामीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडाका बिमा अभिकर्ताहरुसँग परिचयात्मक भेटघाट तथा छलफल गर्नुभएको छ ।

समाज