मकवानपुरगढी-६ डुम्रेकुनामा बन्ने भयो क्युपेक नेपालको पालिका स्तरीय भवन

मक्रान्चुली- नेपाल बिजुली पेन्टर,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) को मकवानपुरगढी गाउँपालिका स्तरीय कार्यालय भवन वडा नम्बर ६ को डुम्रेकुनामा बन्ने भएको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष टीका प्रसाद दाहालले आज डुम्रेकुनामा कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

क्युपेक नेपाल मकवानपुरगढी गाउँकमिटीका उपाध्यक्ष बिलबहादुर स्याङ्तानको अध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्षको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका कमिटीका सचिव भोलानाथ दाहाल ,डुम्रेकुना टोलविकास समितिका अध्यक्ष नरबहादुर स्याङ्तान,२ नम्बर वडा कमिटीका अध्यक्ष ध्रुव देवकोटा , ३ नम्बर र ६ नम्बर वडाका कमिटी पदाधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।

यसैगरी मकवानपुरगढी गाउँपालिका श्रमिक कार्यालयको भवन मकवानपुरगढी ३ बाबियोडाँडामा निर्माण हुनेछ । यी दुबै भवन यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुने जनाइएको छ ।

समाचार समाज