मकवानपुुरमा आज एकैदिन २९ जना कोरोना संक्रमित थपिए

मकवानपुर । जिल्लामा सोमबार एकैदिन थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १६ जनाको पिसिआर र ४१ जनाको एन्टीजेन परीक्षणमा थप २९ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका भित्रका २६ जना रहेका छन् । यसैगरि थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकाका १÷१ जना रहेका छन् । मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या १४ हजार ९ सय ४९ पुगेको छ ।

यस्तै, सोमबार थप ६ जनाले कोरोनामुक्त भएसँगै जिल्लामा हालसम्म १४ हजार ४ सय १५ जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म १ सय ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म ३ सय २१ जना सक्रिय संक्रमित उपचारत रहेका छन् ।

मुख्य समाचार स्वास्थ्य