अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले गठन गर्यो भूमि आयोग

 

काठमाडौं / भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले भुमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेको छ ।
भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

अध्यक्ष निरौला नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन । भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरुले आजै बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । तर काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भए लगत्तै बर्तमान सरकारले देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेको थियो ।

मुख्य समाचार राजनीति समाचार