सुदूरपश्चिम प्रदेश : नेकपा (एस) बाट आजै दुई जना मन्त्री बन्ने

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एकीकृत समाजवादीका २ जना सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको छ ।
मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको हो । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिने तयारी भईरहेको बताईएको छ । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।

एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र २ जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा सहभागी रहेका छन् ।००००

मुख्य समाचार राजनीति