एमालेले आफ्नो क्षमता अनुसारको जिम्मेबारी नदिएको भन्दै लामिछानेद्वारा माओवादी केन्द्र प्रवेश

हेटौँडा/  संबिधानसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य प्रल्हाद लामिछाने नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन ।

आइतबार काठमाण्डौँमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातबाट टिका लगाएर लामिछाने माओवादी प्रबेश गरेका हुन। लामो समय माओवादी आन्दोलनमा संलग्न लामिछाने तत्कालिन नेकपा माओवादीमा विभाजन भएसँगै बाबुराम भट्टराईको नयाँशक्तिको नेता हुँदै  एमाले प्रवेश थिए ।

 

२०७४ मा भएको निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी निर्वाचनको नजिकै एमालेमा प्रवेश गरेका थिए । नेकपा एमालेले आफ्नो योग्यता र क्षमता अनुसारको पद र जिम्मेबारी नदिएको भन्दै लामिछाने पुनः माओवादीमा प्रवेश गरेका हुन् ।

मुख्य समाचार राजनीति समाचार स्थानीय