हेटौंडाको कमानेमा रंगशाला निर्माण गर्ने उदेश्यले प्याराफिट निर्माणको काम हुँदै

हेटौंडा / हेटौंडाको कमानेमा रंगशाला निर्माण गर्ने उदेश्यले प्याराफिट निर्माणको काम भइरहेको छ ।
हेटौंडा–८ कमानेमा रहेको चन्द्रोदय माविमा प्याराफिट निर्माणको काम भइरहेको हो।

कुल २ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्याराफिटमा टेण्डर मार्फत घटाघटमा रामेछाप पाँचपोखरी डटेश्वर निर्माण कम्पनिले एक करोड ८१ लाख रुपैयाँ लागतमा ठेक्का सकार गरेर काम गरिरहेको हो ।

प्याराफिट निर्माण भइसकेपछी हेटौडा र आसपासको क्षेत्रका दर्शकहरुले फुटबल लगायतका बिभीन्न खेल सहज रुपमा खेल्न सक्नेछन् ।

खेलकुद मुख्य समाचार समाचार स्थानीय