साहित्य संगम मकवानपुरको अध्यक्षमा अनिता न्यौपाने

हेटौंडा / साहित्य संगम मकवानपुरको अध्यक्षमा अनिता न्यौपाने निर्वाचित भएकी छिन। शनिबार हेटौंडामा भएको जिल्ला अधिवेशनले अध्यक्षमा न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।

साहित्य संगमको ३४ वर्षे इतिहाँसमा महिला अध्यक्षमा चयन भएको यो पहिलो अवसर हो ।

यस्तै संगमको उपाध्यक्षमा सानु खनाल, कोषाध्यक्षमा मनोज पोखरेल निर्विरोध हुँदा सचिवमा डिवि वर्तोला बिजयी भए । उनले प्रत्यासी रमेश बञ्जरालाई पराजित गरे ।

सहसचिवमा यमनदेव उत्प्रेरक, सदस्यमा मेनुका तिमल्सिना, गँगा सापकोटा, सुनिल गौतम र कुवेर पराजुली सर्वसम्मत चयन गरेको हो ।

मुख्य समाचार समाचार स्थानीय