दल विभाजनसम्बन्धी अध्यादेशबारे छिटो निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ / सत्तारुढ गठबन्धनका नेताहरुले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे छिटो निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

आइतबार बालुवाटारमा बसेको गठबन्धनका नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाँडै अध्यादेश प्रतिस्थापन वा फिर्ता लिन आग्रह गरेका हुन् । साथै उनीहरुले मन्त्रिपरिषद् विस्तार पनि छिटै गर्न आग्रह गरे ।

देउवा नेतृत्वमा सरकार बनेको २ महिनाभन्दा बढी भइसके पनि मन्त्रिपरिषद भने विस्तार हुन सकेको छैन । नेकपा एमाले फुटाएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादीलाई फाइदा पुग्नेगरी गठबन्धन आबद्ध उक्त दलकै नेताहरुको आग्रहमा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।

कुनै पनि पार्टीमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न सकिने प्रावधान उक्त अध्यादेशमा छ । यसले सत्तारुढ गठबन्धनमै आबद्ध दलहरुमा विभाजनको जोखिम बढेको भन्दै चाँडो प्रतिस्थापन गर्न उपेन्द्र यादब नेत्रीत्वको समाजवादी पार्टीले प्रधानमन्त्रीलाइ दबाब दिदै आएको छ ।

मुख्य समाचार राजनीति समाचार