मकवानपुरगढीमा १२ गते १६ सय १ जनाले लगाए भेरोसिलको दोश्रो डोज खोप

मक्रान्चुली – मकवानपुरगढीमा १२ गते १६ सय १ जनाले कोभिड-१९ विरुद्धको भेरोसिल खोपको दोश्रो डोज लगाएका छन् । यस अघि गत भाद्र १७ र १८ गते खोपको पहिलो डोज लगाएकालाई खोपको दोस्रो डोज लगाइएको हो ।

गाउँपालिकाको ८ ओटै स्वास्थ्य संस्थाहरुबाट खोप लगाइएको छ । जस अनुसार वडा नं १ मा २७० जना , वडा नं २ मा २६२ जना , वडा नं ३ मा २२४ जनामा खोप लगाइएको छ । यसैगरी वडा नं ४ मा १७६ जना , वडा नं ५ मा २०४ जना , वडा नं ६ मा १६५ जना , वडा नं ७ मा १५० जना र वडा नं ८ मा पनि १५० जना गरि कुल १६ सय १ जनालाई दोश्रो डोज खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो । कुल १८ सय ५५ डोज खोप प्राप्त भएकोमा १६ सय १० डोज खर्च भएको लामिछानेले बताउनु भएको छ ।

अब १३ र १४ गते ८ ओटै वडा बाट भेरोसिल र एस्ट्राजेनेका गरि कुल २९ सय डोज कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा लगाइने जनाइएको छ । यस अघि खोप नलगाएका ४० वर्ष माथिका नागरिक र १८ वर्ष पूरा गरेका विद्यार्थीहरुलाई खोप लगाइने गाउँपालिकाका स्वास्थ्य प्रमुख लामिछानेले जानकारी दिनुभएको छ ।

समाचार स्थानीय स्वास्थ्य