५ अर्ब ९० करोडको आइपीओ आउदै


काठमाडौं । ५ अर्ब ९० करोडको आइपीओ आउने भएको छ । पछिल्लो समय आइपीओमा धेरैको चासो रहदै आएको छ । मागभन्दा धेरै आवेदन पर्ने गरेको छ । १७ भन्दा धेरे कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।

१२ वटा हाइड्रोपावर कम्पनी, ४ वटा माइक्रोफाइनान्स र २ वटा बीमा लगायतका कम्पनीहरुले ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार रुपैयाँको आइपीओ निष्कासनका लागि लागेका हुन् ।सयपत्री हाइड्रोपावरले ९ करोड, अपरसोलू हाइड्रोले ३३ करोड ७ लाख, अपर हेवाखोलाले २० करोड र इमर्जिङ नेपाल लिमिटेडले ५ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेका हुन् ।

राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख, जल्पा सामूदायिक लघुवित्तले ५ करोड २२ लाख, मोलुङ हाइड्रोपावरले ३५ करोड ३१ लाख र रियालबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेका छन् ।

थ्रि स्टार हाइड्रोपावरको १२ करोड ३१ लाख २५ हजार रुपैयाँको, उपकार लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँको, रिभल फल्स पावरको ३४ करोड ३० लाख रुपैयाँका र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।

अर्थ पर्यटन प्रदेश समाचार मुख्य समाचार रोचक समाचार समाज