जिल्ला दुग्ध सहकारी संघ मकवानपुरले गर्यो सचिव पाण्डेको स्वागत

हेटौंडा – बागमती प्रदेश भुमि , ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भइ आउनु भएका नेपाल सरकारका सचिव शरण कुमार पाण्डे लाई जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले स्वागत गरेको छ ।

संघको कार्यालय हेटौंडा -१ चौकिटोलमा आज एक कार्यक्रमकाको आयोजना गरि सचिव पाण्डेको स्वागत गरिएको हो । संघका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सचिव पाण्डेले सहकारी क्षेत्रलाई माथी उठाउन आफ्नो महत्त्वपूर्ण सहयोग रहने बताउनु भयो । यसैगरी कार्यक्रमका प्रमुख अतिथि देवकोटाले सचिव पाण्डे सहकारी क्षेत्रका धेरै आशालाग्दा ब्यक्ति रहेको भन्दै सचीव पाण्डेको कार्यकालमा सहकारी क्षेत्रमा उदाहरणिय काम हुनेमा आफू विश्वस्थ रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारी , जिल्ला दुग्ध सहकारी संघका संचालक सदस्यहरु ईन्द्रबहादुर बस्नेत , कृष्ण प्रसाद घिमिरे र हरिप्रसाद हुमागाई , जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहाल , जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक एवम् दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था मकवानपुरका अध्यक्ष कुमारमणी दाहाल , संघका कर्मचारीहरु लगायतकाको उपस्थिति रहेको थियो ।

प्रदेश समाचार सहकारी