मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अध्यक्षमा पुनः राजकुमार अधिकारी

हेटौंडा / मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अध्यक्षमा पुनः सिड्नी निवासी राजकुमार अधिकारी चयन भएका छन् ।

हेटौंडा मकवानपुर घर भई अष्ट्रेलियाको विभिन्न राज्यहरूमा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था मकवानपुर कम्युनिटी अष्ट्रेलियाको सम्पन्न अधिवेशन बाट पुनः राजकुमार अधिकारी निर्विरोध चयन भएका हुन् ।

त्यस्तै समाजको उपाध्यक्षमा बिरोध थिंग, सचिव शुभेक्षा लामिछाने, सह-सचिव सुदीप सापकोटा, क़ोषाध्यक्ष विषम गौतम र कम्युनिटीको जन सम्पर्क अधिकृतमा सज्जन कार्की चयन भएका छन् भने कार्यसमिति सदस्यहरूमा सौरभ बाँनिया, सुशील डंगोल, सूजन अर्याल, राजीव सापकोटा, प्रताप सिंह लामा, जीवन जोशी, सुमन बर्तौला, रूपेश बर्तौला, सम्पूर्ण बाँनिया, आयुष अधिकारी, बिकास सिलवाल, संजिव थापा, कमल प्रसाद उप्रेती, युकेश पराजुली, सुमन न्यौपाने, राजन बिष्ट, श्री कृष्ण थापा र सुरेश भोलान गरी २५ सदस्यीय रहेका छन् ।

त्यस्तै समाजको संरक्षकमा बिक्रम खरेल र गीतम लामा रहेका छन भने सल्लाहकार समितिमा सिद्धार्थ लामिछाने, सचिन श्रेष्ठ, रोशन दाहाल, प्रफुल्ल श्रेष्ठ, बुद्धि तामाँग, कर्ण यादव, अमित कुमार आचार्य र दीपेन्द्र कार्कि रहेका छन् ।

समाचार स्थानीय