एमालेमै फर्किए राजकुमार

काठमाडौं / नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहित ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् । लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छोडेका थिए । त्यसपछि उनी मधेसवादी विभिन्न दलहरूमा आबद्ध भएका थिए ।

कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका थिए ।

मुख्य समाचार राजनीति समाचार