हेटौँडामा असोज २१ गते ‘हेटौँडा रन’ हुने

हेटौँडा / बागमती प्रदेशको राजधानी हेटौँडामा असोज २१ गते ‘हेटौँडा रन’हुने भएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘हेटौँडा रन’ हुने भएको हो ।

हेटौँडाका नागरिकले सहभागिता जनाउन सक्ने दौड प्रतियोगिताको लागि आवेदन फर्म खुलेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै हेटौँडा उपमहानगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहिले फर्म हेटौाडा नगरपलिकाबाट निशुल्क वितरण हुने बताए । प्रतियोगिताको प्रथम हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनको भनाई थियो । प्रतियोगिताको दोश्रो स्थान हाँसिल गर्नेले १० हजार तथा तेश्रो स्थान हाँसिल गर्नेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।


६ किलोमिटरको दौड प्रतियोगिताको रुट ब्यवस्थापन भैसकेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौँलागाई लगाएतको आतिथ्यता रहेको थियो ।

खेलकुद प्रदेश समाचार मुख्य समाचार समाचार समाज