हेटौंडा-९ सुकुम्बासी टोलमा आज एक ब्यक्ति मृत भेटिए

हेटौंडा – हेटौंडामा आज एक ब्यक्ति मृत फेला परेका छन् । मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज घर भएका हेटौंडा औद्योगिक क्षेत्रमा काम गर्ने अन्दाजी ३० वर्षीय शम्शेर बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा-९ सुकुम्बासीटोलमा डेरा गरी बस्ने ति व्यक्ति आज बिहान आफ्नै डेरामा मृत फेला परेको र घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

समाचार समाज