जिल्ला दुग्ध सहकारी संघमा ब्यवस्थापकहरुको बैठक तथा शुभकामना आदानप्रदान

हेटौंडा – मकवानपुरमा रहेका प्रारम्भिक दुग्ध सहकारी संस्थाका ब्यवस्थापकहरुको बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम संघको सभाहल चौकिटोलमा आज सम्पन्न भएको छ ।

जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक एवम् दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमारमणी दाहालको सभाध्यक्षता तथा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

आउँदै गरेको विजया दशमी (दशैं) तथा तिहारको पुर्वसन्ध्यामा शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा छलफल गर्न बैंठकको आयोजना गरिएको जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले संघले गरिरहेका गतिविधि तथा संघद्वारा निर्माणाधीन दुग्ध विविधीकरण परियोजनाका विषयमा चर्चा गर्दै परियोजना सफल बनाउन प्रारम्भिक संस्थाहरुको अहम भुमिका रहने बताउनुभयो ।

कार्यक्रममा दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्थाका सचीव तथा जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द प्रसाद दाहाल , कर्मचारी सहकारीका कोषाध्यक्ष नवराज गौतम , डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था बारा का दुग्ध विविधीकरण परियोजनाका प्रबन्धक दिपक घिमिरे लगायतले शुभकामना सहित आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको संचालन दुग्ध सहकारी संघका कर्मचारी गोविन्द प्रसाद तिमल्सिनाले गर्नुभएको हो ।

सहकारी