मध्य भोटेकोशीको ९० लाख कित्ता आईपीओ खुल्यो, कति भर्ने ?


काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ खुल्ला गरेको छ । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये पाँच प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता म्युचुअल फन्डलाई र चार प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सो शेयरका लागि असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

अर्थ मुख्य समाचार समाचार समाज