नेपाल रेडक्रस हेटौंडाको शुभकामना आदान प्रदान कार्यक्रम बिहिवार (भोली) हुने

 

हेटौंडा / नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले बडादशैं, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वको अवसरमा भोलि (बिहीवार ) शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हेटौंडा ४ पशुपति मन्दिरको सभाहलमा बिहीवार बिहान शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले जानकारी दिनुभयो ।

हेटौंडा उपशाखाले हरेक वर्ष चार्डपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रमकै अबसरमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका आजिवन सदस्यहरुलाइ प्रमाणपत्र बितरण गरिने सभापति दाहालले जानकारी दिनुभयो ।
बिहान ठिक ७ः३० बजेबाट सुरू हुने कार्यक्रममा सहभागी हुन सबै रेडक्रसमा आबद्द सदस्यहरु तथा सरोकारवालाहरुमा सभापति दाहालले अनुरोध समेत गर्नुभएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय