निर्माण ब्यवसायी संघ मकवानपुरगढीको शुभकामना कार्यक्रम

मक्रान्चुली- विजया दशमी, शुभ दिपावली एवम् छटपर्व २०७८ को उपलक्ष्यमा निर्माण ब्यवसायी संघ मकवानपुरगढी शाखाले मकवानपुरगढी-३ मक्रान्चुलीमा चियापान सहित शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

शाखा अध्यक्ष आकाश कुमार गोले सभाध्यक्ष तथा मकवानपुर जिल्ला क्षेत्र नं १ (क) का माननीय सांसद तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

चियापान कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं २ का क्षेत्रीय सभापति यतिराज सापकोटा ,नेकपा माओवादी केन्द्र मकवानपुरगढीका इन्चार्ज मानकुमारी पाख्रीन , नेपाली कांग्रेस मकवानपुरगढीका सभापति राजबिर मोक्तान , वडा अध्यक्षहरु आइत सिं लो , बखानसिं पाख्रीन र भागवत घिमिरे , निर्माण ब्यवसायी संघ मकवानपुरका प्रतिनिधि भवनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश समृद्दी कन्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाइटर युवराज सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो । त्यसैगरी वडा अध्यक्षहरु आइत सिं लो , बखानसिं पाख्रीन , भागवत घिमिरे , निर्माण ब्यवसायी संघ मकवानपुर जिल्ला प्रतिनिधि भवनाथ अधिकारी निर्माण ब्यवसायी संघका तर्फबाट गोले निर्माण ब्यवसायी संघका प्रोपाईटर राजकुमार गोले , भिजन कन्ट्रक्सन प्रालिका प्रोपाइटर भरत सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । निर्माण ब्यवसायी सुरेश रेग्मीले संचालन गर्नुभएको कार्यक्रममा मकवानपुरगढीका निर्माण ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

समाचार समाज